Skip

Hamro Sanchar

नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २१ गते


Advertisement

२१ साउन, काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६२ अंकले घटेर ४६४.७३ मा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक १.०३ अंकले घटेर १८२.२६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक ०.९१ अंकले घटेर १५७।३४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ । १३ उमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो । ६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार, अपर लोहारे खोला हाइड्रोपावर, कलंगा हाइड्रोपावर, एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले कमाएका छन् । एलएस होरिजन, मेगा म्युचुअल फन्ड, लक्ष्मी भ्यालु फन्डलगायत लगानीकर्ताले गुमाएका छन् ।


प्रतिकृया दिनुहोस्