Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


Advertisement

१६ साउन, काठमाडौं । कुवेतमा भएको ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी तेह्रथुमका सोमकुमारको शव आज स्वदेश ल्याउन लागिएको जानकारी दिएको छ।

कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन कुवेतस्थित नेपाली दूतावास र स्थानीय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी प्रक्रिया पूरा भइसकेको मन्त्रालयले जनाएको छ।

४४ वर्षीय सोमकुमार कुवेतमा सवारी चालकको रूपमा कार्यरत थिए।


प्रतिकृया दिनुहोस्