Skip

Hamro Sanchar

शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ७ गते


७ साउन, काठमाडौं । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

आज न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो।

बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)डिल्लीबजारबाट पक्राउ गरेको थियो।

दीपक भट्ट र शंकरका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।


प्रतिकृया दिनुहोस्