Skip

Hamro Sanchar

नारायणगढ-मुग्लिन सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


४ असार, मुग्लिन । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो र ढुंगा खसिरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।


प्रतिकृया दिनुहोस्