Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दासढुंगामा म्याजिक र स्कार्पियो गाडी ठोक्किए : ८ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २ गते


Advertisement

२ असार, चितवन । चितवनको दासढुंगामा दुई वटा गाडी एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका–२९, दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक र स्कार्पियो गाडी ठोक्किँदा दुर्घटना भएको हो।

घाइते हुनेहरूमा म्याजिक भ्यानमा सवार नवलपरासी गैंडाकोट–४ की ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले, उनको २० महिनाको छोरा पिन्स आले, भरतपुर–१ की २७ वर्षीया सीता दानी, इच्छाकामना–६ बस्ने २४ वर्षीया रचना गुरुङ, ५३ वर्षीय कान्छा दागी रहेका छन्।

त्यस्तै स्कार्पियोमा सवार सर्लाही हरिवन–८ बस्ने ४५ वर्षीया कविता अग्रवाल र उनको पति ५३ वर्षीय शषि भसाल अग्रवाल घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किएको हो।


प्रतिकृया दिनुहोस्