Skip

Hamro Sanchar

परराष्ट्रमन्त्री खनाल र वाङ यीवीच भेट, कनेक्टिभिटीदेखि सीमाबारे छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १ गते


१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

आज साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा व्यापक छलफल भएको परराष्ट्रमन्त्री खनालले बताएका छन्।

भेटवार्तामा कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार,प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रहरूको विषयमा छलफल भएको थियो ।

भेटपछि खनालले जनस्तरको सम्बन्ध विस्तार गर्नेबारे विचार आदानप्रदान गर्नुका सार्थ दुई देशका पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्