
१ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन पक्षधरलाई लोभीपापीको संज्ञा दिएपछि उपमहासचिव भट्टराईले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
भट्टराईले आज बिहान आफ्नो फेसबुक पेजमा कवितात्मक शैलीमा लोभपाप नभएको भन्दै ढुक्क रहन आग्रह गरेका छन् । साथै उनले पार्टी पुनर्गठन हुने र नफुट्ने पनि बताएका छन् ।
भट्टराईले यस्तो लेखेका छन्:
ढुक्क रहनुहोस्
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुटने छैन
टुटने छैन
सबै मिल्ने छन
थप एकताबद्ध हुनेछन
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ्ने छ





























