Skip

Hamro Sanchar

रविलाई हर्कको खुलापत्रः बालेनको अभिव्यक्तिप्रति रास्वपाको धारणा के हो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३० गते


Advertisement

३० ज, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे पार्टी धारणा माग गरेका छन् ।

साम्पाङले लामिछानेलाई खुला पत्र लेखेर गत १७ असोजमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिबारे रास्वपाको आधिकारिक धारणा मागेका हुन् ।

‘मिति २०८३र०२र१७ गते बसेको प्रतिनिधि सभाको वैठकमा तपाइँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको सम्बन्धमा तपाइँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ,’ साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

श्रम संस्कृतिसहित विपक्षी दलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको अखिभेलबाट हटाइनुपर्ने र संसदमा उभिएर माफी माग्नुपर्ने माग राखेर लगातार संसद् बैठकमा विरोध गर्दै आएका छन् ।

बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालले प्रधामन्त्रीको भनाइको जवाफ दिएका थिए । तर, मन्त्री खनालले गल्ती स्वीकारनुको साटो प्रधानमन्त्रीको अभिव्यक्ति सही रहेको पुष्टि गर्ने तर्क गरेको भन्दै विपक्षीले विरोध जारी राखेका छन् ।

रास्वपा सभापति लामिछानेको पहलमा विपक्षीले विरोध कायमै राखेर बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाउन संसदको अवरोध अन्त्य गरेका छन् ।

 

 

 


प्रतिकृया दिनुहोस्