
२८ जेठ, काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश सभापतिकी प्रत्यासी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रास्वपा परित्याग गरेको घोषणा गरेकी हुन् ।
“आजदेखि राजनीतिबाट बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेकी छन् ।
कोसी प्रदेश अधिवेशनको पहिलो चरणको निर्वाचनमा तामाङले दोस्रो मत ल्याएकी छन् । प्रदेश सभापतिमा २८० मत ल्याएर चन्द्र तामाङ विजयी भएका छन् ।






























