
२७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताएका हुन् ।
प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य नहुने उनको भनाइ छ । प्रधानमन्त्री नआए हस्ताक्षर गरी पठाएको लिखित परराष्ट्रमन्त्रीले पढ्दा हुने बताए । उनले संविधानमुताविक चल्नुपर्ने धारणा राखेका छन् ।






























