
२६ जेठ, बुटवल । शक्ति गौचनलाई हराउँदै रुपन्देही क्रिकेट संघको नेतृत्वमा पुनस् हरिबहादुर थापा आएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा थापा ६९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शक्ति गौचनले भने ४९ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहेका गौचन चार वर्षअघि भएको निर्वाचनमा अध्यक्षमा थापासँग पराजित भएका थिए । थापा पुनः अध्यक्षमा दोहोरिएका हुन् ।






























