Skip

Hamro Sanchar

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, के भयो छलफल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २३ गते


२३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री ए.जयशंकरसँग भेटवार्ता गरेका छन्।

आज साँझ परराष्ट्रमन्त्री खनालले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा मन्त्री खनालले भारतको नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको उल्लेख गरे।

भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको खनालले बताए। दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको  खनालले बताए।

नयाँ सरकार भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउन उच्च तहमा सक्रिय रूपमा संलग्न हुन तयार रहेको खनालले बताए।

भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले भारत र नेपालबीचको सम्बन्ध ‘बलियो जग’ मा आधारित भएको बताए। उनले यसलाई ‘विशेष’ भनेर उल्लेख गरेका छन् ।

उनले पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र सङ्कट देखिएका बेला पनि भारतले नेपालका लागि इन्धनको आपूर्तिलाई निरन्तरता दिएको उल्लेख गरे। जयशंकरले भारत सधैँ नेपालको भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्