Skip

Hamro Sanchar

काठमाडौंमा चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु, कोशी शीर्ष स्थानमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


काठमाडौं । नेपाल डोरी तान संघ को आयोजनामा चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता काठमाडौंमा सुरु भएको छ।

प्रतियोगितामा पाँच प्रदेश तथा दुई विभागीय टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल सहभागी छन्।

प्रतियोगिताको पहिलो दिन लिग चरणअन्तर्गत कुल २१ खेल सम्पन्न भएका छन्। लिग चरणको समाप्तिपछि कोशी प्रदेश शीर्ष स्थानमा रहँदा सशस्त्र प्रहरी बल चौथो स्थानमा रहेको छ। त्यस्तै लुम्बिनी प्रदेश दोस्रो तथा नेपाल प्रहरी तेस्रो स्थानमा रहेकाले यी चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताका चिफ जज सन्तोष तामाङका अनुसार पहिलो सेमिफाइनलमा कोशी प्रदेश र सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेश र नेपाल प्रहरी आमनेसामने हुनेछन्।

बिमल पौडेल का अनुसार सेमिफाइनलका विजेता दुई टोलीबीच फाइनल खेल भोलि नै सञ्चालन गरिनेछ। फाइनलसँगै चौथो राष्ट्रिय डोरी तान प्रतियोगिताको समापन हुने आयोजकले जनाएको छ।


प्रतिकृया दिनुहोस्