Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ब्रमखेलमा गाईगोठमा आगलागी, समयमै दमकल पुग्दा ठूलो क्षति हुनबाट बच्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


Advertisement

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ अन्तर्गत ब्रमखेल थापा डाँडा मुनि शिव मन्दिर नजिक रहेको गाईगोठमा शनिबार आगलागी भएको छ।

आगलागीबाट गाईगोठमा रहेको पराल तथा भुसामा सामान्य क्षति पुगेको स्थानीयले बताएका छन्। गाईगोठका घरधनी मधु गौतम रहेको जनाइएको छ।

उक्त गोठमा लागेको आगो स्थानीय बासिन्दा, सुरक्षा निकाय र नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। नगरपालिकाको दमकल तत्कालै पुगेकाले अन्य संरचना र गोठमा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

घटनाका क्रममा धुवाँ र त्रासका कारण मधु गौतमकी श्रीमती बेहोस भएकी थिइन्। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उपचारपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ।

आगलागीको कारण तथा थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्