
१२ जेठ, काठमाडौं । सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको बर्दिबास ३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगोसमेत लगाएका छन्।
राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर अतिक्रमण गरिएको वन क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आक्रोशित भएको बताएका छन् ।




























