Skip

Hamro Sanchar

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


११ जेठ, तनहुँ । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ ।

विद्युत्‌गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ ।

श्रेष्ठले विद्युत्‌गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्