
८ जेठ, काठमाडौं । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
राष्ट्रियसभाको आजको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएकी थिइन् ।
राष्ट्रियसभाको अर्को बैठक १३ जेठमा दिउँसो १ः१५ बजे बस्नेछ ।













