Skip

Hamro Sanchar

प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ७ गते


७ जेठ , काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले आज सूचना जारी गर्दै आजदेखि यही जेठ १८ गतेसम्म आवेदन दिन सकिने गरी दरखास्त आह्वान गरेको हो।

बालेन शाह नेतृत्वको वर्तमान सरकारले अध्यादेश मार्फत् विगतको सरकारले गरेको नियुक्ति खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो।

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ ।

 

 

 


प्रतिकृया दिनुहोस्