Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ग्रिस र यूएई पठाउने भन्दै २६ लाख रुपैयाँ ठग्ने २ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


Advertisement

१ जेठ, काठमाडौं । वैदेशिक रोजगारका लागि ग्रिस र यूएई पठाउने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ुपक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै २३ लाख रुपैयाँ तथा प्रकाश बाँस्तोलाले यूएई पठाउने भन्दै तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।ु

उनीहरू दुवै जनलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभागमा पठाइएको प्रवक्ता कार्कीले बताए ।

पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारमा जान सुझाव दिएको छ ।

साथै कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशंक लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिनसमेत आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्