
२८ बैशाख, काठमाडौं । अबदेखि राजनीतिमा लाग्ने कर्मचारी भविष्यमा समेत अयोग्य हुने गरि बर्खास्तमा पर्ने भएका छन् ।
बालेन साह नेतृत्वको सरकारले राजनीतिक दल तथा गतिविधिमा लाग्ने कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई बर्खास्त गर्ने उल्लेख छ ।
यती मात्र होइन यस्ता कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरिने जनाइएको छ ।
यस्तै,भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको छ। सरकारले सार्वजनिक सेवामा सुधारको घोषणा गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको नीति तथा कार्यक्रम उल्लेख गरेको छ ।
सरकारले आयोजना प्रमुखहरूलाई जथाभाबी सरुवा नगर्ने र उनीहरूसँग प्रत्यक्ष कार्यसम्पादन सम्झौता गरिने नीति समेत लिएको छ। भ्रष्टाचार बढी हुने प्रत्यक्ष जनसरोकार रहने निकाय नापी र मालपोत सेवालाई एकीकरण गरिने भएको छ ।
सरकारले नीति र कार्यक्रममा स्थानीय तहबाटै डिजिटल रूपमा सेवा उपलब्ध गराउने उल्लेख गरेको छ।













