Skip

Hamro Sanchar

सांसदलाई रविको चेतावनी : पार्टीमा म रवि को म बालेनको भनेर नहिँड्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २७ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन चेतावनी दिएका छन् ।

आज प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरेका हुन् ।

लामिछानेले सांसदलाई पार्टीमा म रवि को म बालेनको मान्छे भन्दै नहिड्न चेतावनी दिएका छन्।

उनले बालेन कि रवि भनेर हिँड्दा केही सांसदको मन्त्री बन्ने सम्भावना गुमेको खुलासा गरेका छन।

उनले दुईजना फुट्छन् कि भन्नेमा गुञ्जायस नै नभएको बताए । लामिछानेले यताको र उताको भन्दै झुक्किए अर्को पटक टिकट पनि नपाइने चेतावनी समेत दिए ।


प्रतिकृया दिनुहोस्