Skip

Hamro Sanchar

लिपुलेक विवादबारे भारतले भन्यो : नेपालसँग संवादका लागि तयार छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


२४ बैशाख, काठमाडौं। भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ।

आज साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो बताएका हुन्।

उनले भने ‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ। यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन। बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं।’

साथै, उनले सीमा विवादबारे पनि वार्तामा बसेर संवाद गर्न तयार रहेको बताए।

उनले भने ‘फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन छ भनेर एकतर्फ दाबी गर्नु ठिक होइन। केही विवाद छ भने हामी बसेर संवाद गर्न सक्छौं।


प्रतिकृया दिनुहोस्