Skip

Hamro Sanchar

अब हुने नियुक्ति पनि राजनीतिक नै हो : कांग्रेस प्रबक्ता चालिसे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २० गते


२० बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने भएको छ । यसबारे नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक नै हुने भएकोले अब हुने नियुक्ति पनि राजनीतिक नै हुने जिकिर गरेका छन् ।

उनले भने–ुकार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकूल व्यक्ति खोज्नु अस्वाभाविक भन्न मिल्दैन ।

उनले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयॅालाई सुधारको नाम दिने क्षणिक राजनीति नगर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

उनले अगाडि लेखेका छन् – रास्वपा भित्र पनि पूर्व काग्रेस, एमाले,माओवादी,राप्रपा लगायतका कैयन नेता र कार्यकर्ता छन्। अरू दलका पालामा भएका नियुक्तिलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टी भित्रका दलीयहरूको भविष्य के हुने हो ? सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ। यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य ? यहाँ निर्दलीय कोही छैन, रास्वपा पनि दल नै हो।

चालिसेले थप भनेका छन्– मत दिनु र कार्यकर्ता हुनु फरक कुरा हो। व्यक्ति एक,नाता अनेक हुन्छ ।कसैको छोरा अर्काको ज्वाइँ हुन सक्छ, त्यही व्यक्ति कसैको भान्जा हुन सक्छ । सबै ठाउँमा उसले आफ्नो भूमिका निभाएकै हुन्छ । समाजमा विचार र सोच नभएको मान्छे हुँदै हुँदैन । कसैले आस्था र विचार राखेकै आधारमा योग्यलाई पनि अयोग्य घोषणा गर्ने र यो स्तरमा घृणा र निन्दा गर्ने संस्कृतिले यो समाजलाई कहाँ पुर्याऊछ ?

 


प्रतिकृया दिनुहोस्