Skip

Hamro Sanchar

नेपाललाई उपेक्षा गर्दै लिपुलेक प्रयोग गर्ने छिमेकीको कदम ‘आपत्तिजनक’: कमल थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १९ गते


Advertisement

१९ वैशाख, काठमाडौँ । नेपाली भूमि लिपुलेकलाई लिएर छिमेकी मुलुकहरू चीन र भारतबीच भएको पछिल्लो सम्झौताले नेपालमा पुनः राजनीतिक र कूटनीतिक तरंग पैदा गरेको छ।

नेपालको स्पष्ट दाबी र बारम्बारको आग्रहलाई पूर्णरूपमा उपेक्षा गर्दै दुवै छिमेकीले लिपुलेक पासलाई व्यापार र यात्रु आवागमनका लागि प्रयोग गर्ने कार्य अघि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले कडा आपत्ति जनाएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चीन र भारतको यो कदमलाई आपत्तिजनकु र नेपालको सार्वभौमसत्तामाथिको प्रहार भनेका छन।

उनले लेखेका छन् नेपालकाे बारम्बारको आग्रह र दाबीलाई पूर्णरूपमा उपेक्षा गर्दै चीन र भारतले नेपालको भूमि लिपुलेक प्रयोग गरी व्यापार तथा यात्रु आवागमन गर्ने कार्य अघि बढाउनु आपत्तिजनक छ।

नेपाल सरकारले दुवै छिमेकी समक्ष तत्काल सशक्त प्रतिवाद र आपत्ति जनाउनु पर्दछ।

थापाले नेपाल सरकारलाई मौन नबस्न र दुवै छिमेकी मुलुकसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत आफ्नो भूमि रक्षाका लागि ठोस कदम चाल्न माग आग्रह गरेका छन् ।

पुलेक विवाद नयाँ भने होइन। सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुई देशबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विकास गर्ने सम्झौता भएदेखि नै नेपालले यसको विरोध गर्दै आएको छ।

 


प्रतिकृया दिनुहोस्