Skip

Hamro Sanchar

अध्यादेश अघि बढ्नै नदिने दाउमा विपक्षी, आज पनि बैठक गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


१७ बैशाख, काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरुको बैठक आज पनि बस्ने भएको छ ।

बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो।

उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।आज फेरि एमालेको कार्यालयमा बस्न लागेको हो ।

आजै सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् ।

सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । अध्यादेश अगाडि बढ्न नदिन विपक्षीहरु एक भएका छन् ।


प्रतिकृया दिनुहोस्