Skip

Hamro Sanchar

कांग्रेसले यी पाँच नेतालाई सोध्यो स्पष्टीकरण, को-को हुन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिएका छन् ।

यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू

१. देवकरण प्रसाद कलवार (सन्तु) महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश

२.प्रदीप सुनुवार, पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री कोशी प्रदेश ।

३. प्रचण्ड विक्रम न्यौपाने, यातायात तथा पर्यटन मन्त्री, लुम्बिनी प्रदेश ।

४.राजु खनाल, उपसभापति लुम्बिनी प्रदेश एवं प्रदेशसभा सदस्य ।

५.जंगीलाल राय, प्रदेश सांसद मधेश प्रदेश


प्रतिकृया दिनुहोस्