
१६ बैशाख, काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई महिनाको दुई पटक (हरेक १५ दिनमा) पारिश्रमिक दिने कार्यको औपचारिक सुरुवात गरेको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस पाइलट परियोजनाको शुभारम्भ गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्ट सिस्टम ९सिगास० मार्फत भुक्तानी आदेश जारी गरेसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको पारिश्रमिक प्राप्त गरेका छन् ।
सो अवसरमा मन्त्री वाग्लेले १५ दिनमै तलब दिँदा बजारमा उपभोग र माग बढ्ने र यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।
हाल संघीय निजामती कर्मचारीमा पाइलट परियोजनाका रूपमा लागू गरिएको यो व्यवस्थालाई आगामी दिनमा प्रदेश तथा अन्य सरकारी सेवाका कर्मचारीहरूमा पनि विस्तार गरिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत वैशाख ४ गते अर्थ मन्त्रालयले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो ।













