Skip

Hamro Sanchar

राष्ट्रपतिलाई विपक्षी दलको आग्रह : संसद् छलेर ल्याएका अध्यादेश जारी नगर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


Advertisement

१६ बैशाख, काठमाडौं । विपक्षी दलले सरकारले संसद् छलेर ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन्।

आज सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कार्यको विरोध गरेको छ।

विपक्षी दलले अध्यादेशको विरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् ।

त्यस्तै, विपक्षी दलले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न पनि आह्वान गर्ने निर्णय गरेको छ। विपक्षी दलको बैठकले चार वटा निर्णय गरेको छ।

विपक्षी दलको बैठकले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आह्वान गरेको छ। उनीहरूले तत्काल संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन्।

 

 


प्रतिकृया दिनुहोस्