Skip

Hamro Sanchar

हर्क साम्पाङकाे माग : प्रधानमन्त्री बालेनले तुरुन्तै राजीनामा दिनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


Advertisement

१६ बैशाख काठमाडौं । दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

साम्पाङले प्रधानमन्त्री शाहमा न्यूनतम मानवीय संवेदनासमेत नदेखिएको आरोप लगाउँदै तत्काल पद त्याग गरी मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।

उनले सुकुम्बासी बस्ती हटाउने क्रममा अपनाइएको नीति र कार्यशैलीप्रति आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म ध्यानाकर्षण भएको दाबी गरेका छन्।

“संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण भइसकेको छ,” भन्दै उनले यो घटनालाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा असर पार्ने विषयका रूपमा प्रस्तुत गरेका छन्।

सरकारले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर संरचना हटाउने अभियान अघि बढाएपछि साम्पाङले निरन्तर आलोचना गर्दै आएका छन्।

 

 


प्रतिकृया दिनुहोस्