Skip

Hamro Sanchar

महावीर पुनसंग छैन घर !  यस्तो छ  उनको सम्पत्ति विवरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


१६ बैशाख, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो विवरण सार्वजनिक गरेका हुन् ।

सांसदहरूले आफ्नो सम्पत्ति विवरण खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाउनुपर्छ । संसद् सचिवालयलाई बुझाइसकेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनको नाममा घर छैन ।

पुनले श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।

राट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख छ ।

 

 


प्रतिकृया दिनुहोस्