
१६ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई सुझाव दिएका छन् ।
अध्यक्ष साम्पाङले सेना लगत माग्ने निकाय नभएको स्पष्ट पार्दै पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।
हर्कले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्
‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ‘सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी । यो सरासर गलत छ । आतंक सिर्जना गर्न खोजिएको हो ।’
यसअघि उनले सरकारले दिने लोकतन्त्रविरोधी र मानवता विरोध आदेश पालना नगर्ने सेना र प्रहरीलाई अनुरोध गरेका थिए ।















