Skip

Hamro Sanchar

हर्क साम्पाङको कटाक्ष  : रविजी, डोजर रोक्न आफैं प्रधानमन्त्री बन्नुहोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


स१५ बैशाख, काठमाडौं । श्रम सस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक व्यंग्यात्मक स्टेटस पोस्ट गरेका छन्।

साम्पाङले लामिछानेलाई डोजर रोक्न अब आफैं प्रधानमन्त्री बन्नुपर्नेु भन्दै कटाक्ष गरेका हुन्।

साम्पाङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, रवि लामिछाने जी…कता हराउनु भाे ? खोइ त छाती ? डोजर रोक्न अब तपाईं खुद प्रधानमन्त्री बन्नु परो !!!

यो पोस्टसँगै उनले हाँसेका इमोजीहरू पनि प्रयोग गरेका छन्, जसले उनको भनाइमा व्यंग्यको मात्रा थपेको छ।

साम्पाङको यो पोस्टले राजनीतिक वृत्तमा र सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

विशेषगरी, डोजर प्रयोग र त्यससँग सम्बन्धित विवादहरूका बीचमा आएको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लामिछानेले चुनाव पुर्व सुकुम्बासी बस्तीमा डोजर नचल्ने दाबी गर्दै तेसो भय आफू छाती थाप्न आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

 


प्रतिकृया दिनुहोस्