Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारलाई हर्कको प्रश्न : सुकुमबासी कुल्चन १९०० प्रहरी खटाउने, लिपुलेक र महाकालीमा कति सेना पठायौ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १३ गते


Advertisement

१३ बैशाख, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन्।

आज सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे।

उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’

उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए। ‘माननीय रवि लामिछानेजी कता हराउनु भयोरु सरकारले के ग¥या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि,’ उनले लेखेका छन्। साथै उनले सदन चाँडो खोल्न समेत आग्रह गरेका छन् ।

 

 


प्रतिकृया दिनुहोस्