
१२ बैशाख, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारबाट घरबारविहीन ६ परिबारलाई सरकारले दशरथ रङ्गशालामा पुर्याएको छ ।
थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउने क्रममा घरबारविहिन हुन पुगेका ६ परिबारलाई महानगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा रङ्गशालामा पुर्याइएको छ ।
वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए













