Skip

Hamro Sanchar

विश्वराजको भिडियो सेयर गर्दै महावीरको आक्रोश : म यिनको नेता भए ठाउँको-ठाउँ बर्खास्त गरेर घर पठाउथे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


१२ बैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले सांसद विश्व पोख्रेलको व्यवहारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

बाटोमा स्वागत नगरेको झोकमा जनतालाई धाक र रवाफ देखाउने सांसदलाई तत्काल बर्खास्त गर्नुपर्ने माग पुनले गरेका हुन्।

आफ्नो फेसबुक पोस्टमा पुनले लेखेका छन्, यिनी कुन पार्टीका हुन् कुन्नी रु म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ।

उनले सांसद भनेको जनताको नोकर भएको र ५ वर्षसम्म आफ्नो समय र बुद्धि जनताको काममा लगाउनुपर्नेमा जोड दिएका छन्।

पुनले अगाडि लेखेका छन्, बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ रु कि तुरुन्त माफी माग्नु पर्यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्यो। सांसद पदको बेइज्जत नै गर्यो त।

हालै पुर्व प्रहरी एवम् रास्वपाका सांसद विस्वराज पोख्रेलले आफ्नो भ्रमणका क्रममा स्कुलको हेड मास्टरले स्वागत गर्न नआएको भन्दै आक्रोश पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पुनको यस्तो प्रतिक्रिया आएको हो।

पुनको यो पोस्टले जनप्रतिनिधिको उत्तरदायित्व र जनताप्रतिको व्यवहारका बारेमा नयाँ बहस सिर्जना गरेको छ।

धेरैले पुनको भनाइलाई समर्थन गर्दै जनप्रतिनिधिहरू जनताप्रति विनम्र हुनुपर्ने धारणा राखेका छन्।

 


प्रतिकृया दिनुहोस्