Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हर्कको प्रधानमन्त्री बालेनलाई सुझाव :  जुङ्गाको लडाइँ छोड, जनतालाई दु:ख नदेऊ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


Advertisement

१२ बैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य
हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई जनतालाई धेरै दुस्ख नदिनु र विकासमा लाग्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत साम्पाङले शाहलाई यस्तो सुझाव दिएका हुन्।

साम्पाङले आफ्नो सन्देशमा जग्गा जमीन तेरो न मेरो कसैको हुँदैनु भन्ने दार्शनिक भनाइ उल्लेख गर्दै सबै मानिस एक दिन माटोमा बिलय हुने यथार्थलाई स्मरण गराएका छन्।

उनले सत्य यही एउटा माटो होु भन्दै आफ्नो चुनाव चिन्ह पनि माटो नै भएको बताएका छन्।

साम्पाङले बालेन शाहलाई पुरानो जुङ्गाको फाइट छोड्नु आग्रह गर्दै आजको मितिमा तपाईंकै जुङ्गा लामो छ, छोड्दिनु भो१ु भनी व्यंग्यात्मक शैलीमा विकास निर्माणमा केन्द्रित हुन सुझाएका छन्।

यो सन्देशले दुई मेयरबीचको सम्बन्ध र उनीहरूको कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यसअघि पनि यी दुई बीच विभिन्न विषयमा सार्वजनिक रूपमा एकअर्काप्रति टिप्पणी गर्दै आएका थिए। साम्पाङको यो पछिल्लो सुझावलाई बालेन शाहले कसरी लिन्छन् भन्ने कुरा भने हेर्न बाँकी छ।


प्रतिकृया दिनुहोस्