Skip

Hamro Sanchar

वैशाख १७ का लागि बोलाइएको संसद् अधिवेशन किन स्थगित भयो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १० गते


१० बैशाख, काठमाडौं । वैशाख १७ गतेका लागि बोलाइएको संघीय संसद्को अधिवेशन स्थगित भएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले स्थगनको निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेपछि अधिवेशन स्थगितको निर्णय भएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णय प्राप्त भएपछि राष्ट्रपतिले स्थगनको निर्णय गरेका हुन् ।

यसअघि राष्ट्रपतिले यही वैशाख १७ गतेका लागि बुधबार अधिवेश आह्वान गरेका थिए ।

राष्ट्रपतिले बुधबारको आह्वानमा मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसअनुसार भनेर उल्लेख गरेका छन् । तर, मन्त्रिपरिषद्ले स्थगित गर्नुको कारण भने खुलेको छैन ।

सरकारले अधिवेशन विशेष कारणबस स्थगन गरिएको भने पनि कारण प्रस्ट पारेको छैन ।


प्रतिकृया दिनुहोस्