Skip

Hamro Sanchar

एमाले नेता कर्ण मल्ल बलात्कार  मुद्दामा  जेल चलान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १० गते


काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का नेता कर्णबहादुर मल्ललाई जेल चलान भएका छन्।

जिल्ला अदालत, ललितपुरको आदेशपछि मल्ललाई जेल चलान गरिएको हो। उनलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताए।

बलात्कार सम्बन्धी मुद्दामा गत चैत १४ गते मल्ललाई सातदोबाटोबाट प्रक्राउ गरिएको थियो। पुर्पक्षका लागि भएको थुनछेक बहसपछि जिल्ला अदालत, ललितपुरले जेल चलान गर्न आदेश दिएको हो।

एमाले कर्णाली प्रदेश कमिटी सदस्य मल्ललाई ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ। तीन लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई क्षतिपूर्ति भराइदिन पनि सरकारी वकिलको माग छ।

मल्लले बलात्कार गरेको एक ३० वर्षीय युवतीले आरोप लगाएकी थिइन्। २०८० कात्तिकमा मल्लसँग भेटघाट र चिनजान भएको उनले बताएकी छन्।

 


प्रतिकृया दिनुहोस्