
९ बैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
गृहमन्त्री गुरुङले आज फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ल।
मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,उनले लेखेका छन् ।
उनले आफूले पदभन्दा ठूलो नैतिकता मान्ने पनि उल्लेख गरेका छन् । साथै जनविश्वास भन्दा ठूलो शक्ति नहुने पनि उनको भनाइ छ ।
आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ,ू उनले लेखेका छन्, सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।
आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।















