
९ बैशाख, काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन् ।
किराँतीले आजदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।
‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु’, किराँतीले फेसबुकमा लेखेका छन् ।















