Skip

Hamro Sanchar

लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


९ बैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगीकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना भएको टिप्पणी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा यसका संस्थापकहरूको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद, अराजकतावाद, र अवसरवादको चुनौती केही समयका पाहुनाजस्तै हुन्’, पोखरेलले लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौँ।’

महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरूको योगदानलाई स्मरण गरेका छन्।

आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिने पार्टीको ७७औँ स्थापना दिवसमा उपत्यकाकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन र काठमाडौँ बाहिर सम्बन्धित कमिटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनले आग्रह पनि गरेका छन्।

 


प्रतिकृया दिनुहोस्