Skip

Hamro Sanchar

कांग्रेसले ११ वैशाखमा संसदीय दलको नेता छान्ने, यस्तो छ कार्यतालिका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले ११ वैशाखमा संसदीय दल नेता चयन गर्ने गरी चुनावी कार्यतालिका प्रकाशन गरेको छ ।

निर्वाचन समितिले सोमबार चुनावी कार्यतालिका प्रकाशन गरेको हो ।

तालिकाअनुसार ११ वैशाखको बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।

सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ । मतदान सकिएलगत्तै मतगणना गरिनेछ ।


प्रतिकृया दिनुहोस्