Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इजरायल-यूएईसहित ११ देशमा खुल्यो श्रम स्वीकृति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


Advertisement

७ बैशाख, काठमाडौं । सरकारले पश्चिम एसियामा तनाव चलिरहेकै बेला त्यस क्षेत्रका देशमा सबै प्रकारको श्रम स्वीकृति खुल्ला गरेको छ।

वैदेशिक रोजगार विभागले इरान द्वन्द्वको चपेटामा परेका इजरायल, यूएईसहित ११ देशमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरण प्रकृतिका श्रम स्वीकृति पूर्ववत् अवस्थामा हुने गरी खोलेको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको मन्त्रीस्तरीय निर्णयबाट श्रम स्वीकृति खुल्ला गरिएको हो।

यसअनुसार साउदी, अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा अब सबै प्रकारको श्रम स्वीकृति लिन पाइनेछ।

इराकको हकमा भने गत पुस ११ को मन्त्रिपरिषद्को निर्णयअनुसार नै हुने विभागले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्