Skip

Hamro Sanchar

जेठ ४ सम्म त्रिभुवन विमानस्थल रातमा झन्डै ६ घण्टा बन्द हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


७ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि बिहान साढे ६ देखि राति पौने १२ सम्म मात्र खुल्ने भएको छ।

आगामी जेठ ४ सम्म यही तालिकामा खुल्ने विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए।

विमानस्थलको टर्मिनल महाशाखाका अनुसार पेभमेन्ट कन्स्ट्रक्सनको काम सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको हो।

महाशाखा प्रमुख इन्दु राज अधिकारीले यो अवधिभरि राति ११ः४५ देखि बिहान ६ः३० सम्म विमानस्थलको उडान अवतरण बन्द गर्ने नोटाम प्रकाशन गरिएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्