Skip

Hamro Sanchar

भूपदेव शाह रास्वपाको महामन्त्री बन्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


७ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ ।

आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि सार्ने कार्यसूची रहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

भूपदेव प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनी प्रमुख स्वकीय सचिव थिए ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा अछाम-२ बाट पराजित भएका थिए ।

बालेन र रास्वपाबीच एकता भएपछि भूपदेव रास्वपाको सहमहामन्त्री बनेका थिए ।

 


प्रतिकृया दिनुहोस्