Skip

Hamro Sanchar

सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउनेछन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


६ वैशाख, काठमाडौं । सरकारले अबदेखि कर्मचारीहरूलाई १५र१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताए ।

मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो।


प्रतिकृया दिनुहोस्