Skip

Hamro Sanchar

कांग्रेसले प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


६ बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ ।

दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ ।

छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् ।

प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ


प्रतिकृया दिनुहोस्