
६ बैशाख, काठमाडौं। बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
रोशी खोलामा पानीको बहाव अचानक बढेपछि सडकका डाइभर्सनहरू बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
कटुन्जे–मंगलटार सडकखण्ड र घुमाउने आसपासका डाइभर्सन बग्दा यातायात ठप्प भएको हो। मर्मत कार्य सुरु भए पनि बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ।
प्रहरीले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।













