Skip

Hamro Sanchar

रामजी श्रम र गौरीलाई उद्योग मन्त्री बनाउदै प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

बिहिबारमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका प्रधानमन्त्री शाहले २ जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ

मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।

रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।


प्रतिकृया दिनुहोस्