
काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ ।
बुधबार भएको उक्त घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो ।
घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा उनीहरूको मृत्यु भएको हो । सुमित र सिर्जन दाजुभाइ हुन् ।
प्रहरीले घटनाका मुख्य आरोपितलाई पक्रिएको छ । ललितपुर प्रहरीको टोलीले मुख्य आरोपित सन्जीबच नेपालीलाई पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ ।
नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भइ इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए ।














